ऋण लागोस् ठिकै छ सोचिरहन्छु दिन नलागोस्। घर पुग्दा आमालाई मेरो अनुहार मलिन नलागोस्। बुढेसकालमा सहारा दिउन नदिउन ठिकै छ तर कसैका छोरा छोरीलाई बाबुआमा हीन नलागोस्। सरकार रामराज्य बनाउँछु भनेर लागिरहेको छ। सरकारको काम देखेर जनतालाई घिन नलागोस् ।