म एक साँघुरो गल्ली तिमी राजमार्गलाई मेरो कुनै कथाको एक अंश थाहा छैन, म भुइँमान्छेहरुलाई अँध्यारोमा गन्तब्य देखाउछु । म माथि न कुनै उज्यालो चम्कन्छ, म माथि न कुनै आवाज घन्किन्छ, म केवल सुनसान एक सडक पेटी । तिमीमाथि कुद्ने कुनै महंगा कारहरु म अटाउन सक्दिन । म केवल एक अनाथ बचेरो, तिमीमाथि तेर्सिएका प्रविधिका झड्काहरु मेरो अस्तित्वमा म अटाउन सक्दिन । म केवल सहरको धुँवा धुलो । तिमी पाँचतारे होटलका साहूसँग स्वाद चाख्न माहिर म भोकभोकै निदाउने बटुवाको मिठो निद्राको साक्षी । तिमीलाई कुल्चन पनि जोर्डन अस्तित्वको छाप चाहिन्छ । पैदल यात्रीको पाउका ठेलालाई स्पर्श गर्ने, म केवल एक गोरेटो बाटो । बिआरपी माइलो