बिरालो गर्छ म्याउँ म्याउँ दूध खोजी खाउँ । मूसो गर्छ चीं चीं दूलाभित्र जाउँ । कुकुर भुक्छ घ्वाङ् घ्वाङ् घर घुमी आउँ । बाछो गर्छ बाँ बाँ घाँस पराल खाउँ । पाठो गर्छ म्याँ म्याँ नाचीखेली गाउँ । काग गर्छ का का खबर बुझी आउँ ।