बाढीले गाउँ बगायो, आमाको पुरानो घर बगायो । पहिरोले रोड, पुल,जग्गा जमिन नहर बगायो। बाढी सबै सहेकै थिए, सहर डुबेको सुनेर खबर, गाउँमा बाको आशा, भरोसा र रहर बगायो । छोरो बस्ने सहर डुबेपछि, रोएका हुन् बा आमा, नत्र त पहिले नै रुँदारुँदै, बाढीले डर भर बगायो । बगाएर जग्गा जमिन, धन सम्पत्ति पुगेन अझै, सबै सकेर पनि फेरि, आशाको धरोहर बगायो । आँसु सकिउनजेल रोएका छन्, बा आमा बेस्सरी, बाढीले आँसु, धड्कन, मन हर प्रहर बगायो ।