गाऊँ जङ्गलझैँ भएछ अहिले देखिन्न बस्ती घर पस्छन् बाँदर गाउँका घर घरै मार्लान् कि भन्ने डर बृद्धा बृद्धहरू सबै घर घरै छन् ईश्वरैका भर छोरा नाति सबै विदेश भरिए यस्तै छ गाऊँ घर उम्रेका विरुवा सबै रुख भए छाटिन्न काटिन्न है गाई गोरु खसी न छन् घर घरै भैँसी न बाख्रा त खै कच्ची रोड बने र गाउँ घरमा पुग्ने ति बाटाहरू छैनन् निर्मित घुम्नु पर्छ दुखले यस्तै छ सारा अरु आऊँछन् जब चाडबाड सबका सन्तान छैनन् यहाँ पूजा पाठ न हर्ष उत्सव खुसी क्यै छैन गाऊँ महा बज्थे मादल बाँसुरी र सनही नाच् गान हुन्थे अहा! थाप्थे पीङ मिलेर ठाँटि बिचमा खेल्थे सबैले त्यहाँ ओख्लीमा ढिकिमा घरै घर सबै च्यूरा कुटी स्वादिला पार्थे लोकल धानका र दहि औ केरा मिठा स्वादिला बस्थे ओरिपरी जहान खुसिले खान्थे दसैँ रम्दथ्यो पाल्थे भैँसि दुधालु ठेकि भरि नै मीठो दही जम्दथ्यो राखिन्थ्यो जमरा स मन्त्र विधिले साईत हेरीकन दुर्गा स्थापन शक्तिपीठ घरमा चण्डी पढाईकन उर्जा प्राप्त गरेर शान्ति सुखले बाँच्थे सबै नै जन फाट्टफुट्ट कतै भए पनि यहाँ यस्तो कहीँ देख्दिन जुट्दैनन् जनशक्ति कारण छ यो छोडे त्यसै भन्दिन ठूलो शक्ति युवा थियो मुलुकमा ऐले यहाँ देख्दिन शोकाकूल सरी छ देख्खु सबको एक्लो पना बृद्धको निस्क्यो सास भने त लाश पनि पो देखिन्न लाने छ को २०८१ ०६ २९ सोलुखुम्बु सल्यान