कर्कलाको पातमा छ पानी डल्लो डल्लो सररर हावा चल्दा पात हल्लो हल्लो हेर्दा हेर्दै एकै छिन्मा खस्यो पानी डल्लो त्यो पानी त जीवन रै छ लागो मलाई खल्लो पानी पर्दा पोखरीमा फोका फोका उठ्छन् हेर्दा हेर्दै फोकाहरू उठ्छन् अनि फुट्छन् जन्मियो कि मर्नु पर्ने जीवन त्यस्तै रैछ ल्याउने लाने देखिदैन अदृश्य क्वै रैछ धर्ती रै छ नाट्यशाला हामी चैँ नटुवा आफ्नो पालो नाच्यो झर्यो अर्को छ बटुवा गड्याङ्गुडुङ् गर्छ अनि विजुली झिलिक्क जस्तै रैछ जीवन हाम्रो अस्ताउने मिलिक्क