कति वोक्छौ डोको आमा, कति खन्छौ वारी गर्छौ कति मेलापात, दु:ख गरी गरी फूलि सक्यो कपाल तिम्रो, चाउरि पर्यो गाला लाग्दो होला आसा कति, लाग्दा वुढेस काल यस्तै यस्तै कुरा गर्यो, फूनमा छोराले घुम्न आउँछौ काठमाडौ, सोध्यो कालेले हुन्छ भनें मैले पनि, मनको ईच्छा मेट्ने त्यै भएर हिडेंकी म, एक हप्ता पहिले छोरो मेरो पाउरदारी, जागिर नि राम्रो त्यै भएर पोहोर साल, सुन पनि हाल्द्यो यसपाली गुनिउ चोलो, जुत्ता अनि चुरो यस्तो लाग्छ दु:ख मेरो, भाग्दैछ कि जस्तो घर मेरो माने भन्ज्याङ्, माईति मेरो ठोक्रे आएँ म त काठमान्डु, छोडि वुढो मैले अस्ति घुमें पशुपति, हिजो नारानथान आज आछु स्वयम्भूमा, भोलि चाँगुनारान छोरो भन्छ कति राम्रो, आहा काठमान्डु आँखा मेरो कमजोर भो, के भन्नु भन्नु छोरो मेरो वाठो पर्यो, लायो वुध्दी पनि पाँच रुपें तिरीकन, मिलाईदियो दुरविन कति राम्रो ठाउँ आहा, कति राम्रो वस्ती यै वस्तीमा वस्न पाए, हुन्थ्यो होला मस्ती कति अग्लो धरहरा, देखें घन्टा घर यस्तो लाग्छ यो ठाउँमा, झरेको छ स्वर्ग अमिन जग्गा नाप्न आउँदा, हेरेकी थें दुरविन निक्कै राम्रो लागेको थ्यो, पारि रानी वन यो दुरविन त अझै राम्रो, कत्ति नजीक ल्याउने निक्कै राम्रो लाग्यो आज, मेरो भाग्ये माने वुढो भने धान काट्न, लाग्ने भर आनन् यस्तो राम्रो देख्ने ठाउँमा, घुम्न पनि पानन् छोरो होस्त काले जस्तो, धेरै माया गर्ने भाग्गे मैले ल्याकै रै छु, आज मैले माने! भाग्गे मैले ल्याकै रै छु, आज मैले माने!!